काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा ११३७० गणना भएको छ । पहिलो स्थानमा रहेका देउवाले ५७८७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी, सागर ढकालले २७९७ मत पाएका छन् । यसैगरी नेपाली काँग्रेस (वीपी)का  कर्णबहादुर मल्लले १६९० मत पाएका छन् ।


ADVERTISEMENT


आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको हो । जिल्लामा ५६.६४ प्रतिशत मत खसेको छ ।


ADVERTISEMENT

# # #


जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ ।