काठमाडौं – आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा जारी छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रारम्भिक चरणमा छनोट गरेका २८ खेलाडीलाई समेटेर पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रशिक्षणको व्यवस्था गरेको हो । शुक्रबारसमम्म हुने बन्द प्रशिक्षणले प्रतियोगीतामा राम्रो सफलता प्राप्त गर्न सहयोग पुग्ने क्यानका उपाध्यक्ष रोशन सिंहले बताए । अभ्यास खेलबाट खेलाडीमा उत्साह र भरोसा थपिएकोले पनि प्रतियोगीतामा सफलता हात पार्न सकिने उनको भनाइ छ ।


ADVERTISEMENT

# #


कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले आफ्नो पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्ने क्यानले जनाएको छ ।