म्याग्दी– सशस्त्र द्वन्द्वका समयमा १६ वर्ष अगाडि सरकारलाई बुझाइएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् । धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई एकनाले बन्दुक बुझाएका थिए । सरकारको आग्रहलाई स्वीकार्दै सेनालाई हतियार बुझाइए पनि शान्ति प्रक्रिया शुरु भएको लामो समय भइसक्दा समेत राज्यले आफ्नो अनुमतिप्राप्त बन्दुक फिर्ता नगरेको छन्त्यालले बताएका छन् ।


ADVERTISEMENT


इजाजत नं २७७१ भएको एकनाले १२ बोरे ओके ३९ नंको एक थान बन्दुक बुझाए पनि शान्ति प्रक्रिया आएसँगै पटक पटक सो गणमा ताकेता गर्दासमेत आफ्नो हतियार फिर्ता नभएको उनको गुनासो छ ।


ADVERTISEMENT

# # #


उक्त गणले आफ्नो हतियार नभेटिएको भन्ने प्रतिक्रिया दिएपछि छन्त्यालले रक्षामन्त्री भीमसेनदान प्रधानलाई भेटी आफ्नो हतियार फिर्ताका लागि ध्यानाकर्षण गराएका छन् । उनले हालै रक्षा मन्त्रालयमा पुगेर मन्त्री प्रधानलाई ज्ञापनपत्र बुझाउँदै आफूले तत्कालीन सेनालाई बुझाएको हतियार खोजविन गरी फिर्ता गर्न र हतियार हराएको भए उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।