काठमाडौँ– आज नेपाली इतिहासकालमा १० वर्षे जनयुद्व शुरु भएको दिन । यस अवसरमा नेपाल सरकारले जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको छ ।


ADVERTISEMENT


आईतबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


वि सं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धमा तत्कालीन अध्यक्ष प्रचण्ड, बाबुरामले शान्ति सम्झौतामार्फत् संसदीय व्यवस्थामा पतन गराएपछि क्रान्तिकारी धारको नेतृत्व गर्दै महासचिव विप्लवको नेतृत्वमा नेकपाले हरेक वर्ष जनयुद्ध दिवस मनाउदै आएको छ ।