काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने बताएका हुन् ।


ADVERTISEMENT


ओलीले सत्ता गठबन्धनमा पुष १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गरे । उनले अरु घटनाक्रममा विषयमा आफुलाई केही जानकारी नभएको प्रतिक्रिया दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘भोलि मनोनयन हुन्छ । राष्ट्रपति एमालेको हुन्छ भन्ने कुरा त हामीले पुस १० गते टुंगो लगाएर बसेका हौँ । अरु घटनाक्रम हामीलाई थाहा छैन ।’  राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।