काठमाडौँ – नेपालको नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार पौडेलले प्रतिद्वन्द्वी एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै तेस्रो नेपालको राष्ट्रपति बनेका हुन् । पौडेल व्यक्तिका हिसाबले नेपालको तेस्रो र कार्यकालका हिसाबले चौथो राष्ट्रपति बनेका हुन् ।


ADVERTISEMENT


बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । तेस्रो राष्ट्रपति बनेका पौडेललाई नेपाली काँग्रेससहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले मत दिएका थिए ।


ADVERTISEMENT

# # #


उनका प्रतिद्वन्द्वी नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका हुन् । उनलाई नेकपा एमालेले एमालेका मतदाताले मात्रै मत दिएका हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी निर्वाचनमा सहभागी भएनन् । यस्तै संघीय सांसदहरु काँग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका वर्षमान उपचारका क्रममा देश बाहिर भएकाले मतदानमा सहभागी हुन पाएनन् । काँग्रेसकै सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनले पनि मत दिन पाएनन् ।

यस्तै नेकपा फौजदारी अभियोग लागेका एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा उपस्थित भएनन् । राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभाका सांसद मतदाता हुने प्रावधान रहेको छ ।