• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




चितवनमा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

Mar 20, 2023 |

चितवनमा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

865
SHARES
ShareTweet

काठमाडाैँ– चितवनमा जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलकाे क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो।


ADVERTISEMENT


भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९ अपाङ्ग बालबालिकामध्ये एक सय ३९ विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर छन् ।


ADVERTISEMENT

# # #


भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिए । उनीहरुलाई घरमा नै गएर सेवा दिइँदै आएको उनले बताए । इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुईवटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ ।

भरतपुरमा अहिले तीन र कालिकामा नौ बालबालिका केन्द्रमा छन् । अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिएकी छिन् । उनीहरुमध्ये तीन सय हाराहारी भरतपुरभित्रका छन् ।

विश्वमा जन्मने ४४ बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उनले जानकारी दिइन् । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१ बालबालिका अध्ययन गर्दै आएका छन् ।



#
#

#









#




#

#


Share:

Rate:

Previous‘एराउजो’को आत्मघाती गोलसंगै बार्सिलोनाले रियललाई हरायाे
Nextजग्गा वर्गीकरणमा ढिलाइ हुँदा, पर्वतमा जग्गा कारोबार ठप्प

ताजा खबर

  • शैक्षिक प्रमाणपत्रदेखि लालपूर्जा समेतको नक्कली कागजात बनाउने तीन जना पक्राउ
  • स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्री पौडेलको तयारी
  • बहराइनविरुद्ध नेपाल ६ विकेटले विजयी, विश्वकपमा पुग्ने आशा जीवितै
  • सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
  • प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved