काठमाडौँ– प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एमाले र राप्रपा राजनीतिक अस्थिरतातिर अग्रसर भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन नयाँ बानेश्वरमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारबाहिर रहेका पार्टीहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील रहेपनि राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका दुई दल अस्थिरतातिर अग्रसर भएको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले राजनीतिक स्थिरताको प्रतिवद्धतासहित सरकार गठन गरेको भन्दै फेरि विश्वासको मत माग्नुपर्ला भनेर नसोचेको जिकिर गरे । न्यूनतम साझा कार्यक्रम नै बनाएर सहमतिको आधार तयार गरेको र विगतका मतभेदलाई नउठाउने समझदारी गरेपनि केही पक्षबाट त्यसको पालना नभएको उनले जनाए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका संकट र सम्भावना दुबैले राष्ट्रिय सहमतिको माग गरेको बताउनुभयो । उहाले वर्तमान सरकारले गरेको प्रयासका कारण अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको जिकिर गरे । संसारभरिका कूटनीतिक र आर्थिक नियोगहरुलाई वैदेशिक लगानीका लागि परिचालनको सुरुआत भइसकेको युवा जनसंख्याबाट जनसांख्यिक लाभ लिन मुलुकभित्रै रोजगारीको व्यवस्थाका लागि हाल सञ्चालनमा रहेका रोजगारी सम्बन्धि संस्था, आयोजना तथा कार्यक्रमलाई एकीकरण र पुनर्संरचना गरी नतिजामुखी बनाउन खोजिएको उनले बताए ।

शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए ।

उहाले सरकार नेपालको विकासको नयाँ मोडेलको तयारीमा रहेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा खर्च कटौती र उपलव्ध स्रोतको अधिकतम उपयोग हुने क्षेत्रमा बजेट विनियोजनमा जोड दिएको उहाको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सबै सरकारी सेवाहरूको लागत र समय पनि घटाएर अनलाइन प्रणालीबाटै सबै सेवा चुस्त र सहज रूपमा उपलब्ध गराउन आवश्यक काम भइरहेको बताउनुभयो ।