काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको गृहकार्य सुरु हुने बताएका छन् ।


ADVERTISEMENT


सोमबार विश्वासको मत पाएपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अव सरकार विस्तार गर्ने बताएका हुन् । उनले केही दिनभित्रै सरकारले पूर्णता पाउने जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘विशवासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जो जो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, तीसबैसँग बसेर दुईचार दिनभित्रै टुंग्याउने र काम गर्ने प्रक्रिया सुरु हुन्छ ।’

त्यस्तै प्रधानमन्त्री प्रचण्डले आफुलाई प्रयाप्त विश्वासको मत प्राप्त भएकाले आरामसंग सरकार चल्ने जिकिर गरे । उनले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर हुने बताए ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।