• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




‘दर्शक पनि विस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ’ : अभिनेता विपिन कार्की

Mar 23, 2023 |

‘दर्शक पनि विस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ’ : अभिनेता विपिन कार्की

1.2k
SHARES
ShareTweet

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन् विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन् ।


ADVERTISEMENT


‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारेका हुन् । चरित्र निर्माण गरेका निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उनले त्यो भूमिका गरेकाे हाे । ‘दर्शकले विश्वास गर्नुहुन्न की ? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको थिए’, अभिनेता कार्कीले भने ।


ADVERTISEMENT

# # #


यद्यपि निर्माण भएको उक्त चरित्रलाई ‘फूलबारी’ मा प्रस्तुत गरे । अवकाश प्राप्त गरेको शिक्षकको भूमिकासँगै उनले उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको भूमिका निर्वाह गरेका थिए । चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपश्चात् स्वाभाविक देखियो । ‘चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन । दर्शक पनि विस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ ।’

उनले प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन् । ‘प्रसाद’ कै दोस्रो शृङ्खला भए पनि यसको कथावस्तु फरक रहेको कार्कीले जानकरी दिए । ‘नामको विश्वास धान्ने काम गरेका छौँ । पहिलो शृङ्खला मन पराउनु भएकोलाई निराश बनाउने छैनौँ’, उनले भने ।

जातीय विभेद र महिलामाथि हुने दुव्र्यवहारको घटनामा आधारित चलचित्रलाई सुशील पौडेलले लेखेका हुन्। सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहेको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previous१० बर्षकाे लागि काठमाडौँ प्लाजा भाडामा लिन महानगरपालिकाको ट्रष्टसँग सम्झौता
Nextबेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

ताजा खबर

  • हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर
  • शताब्दीपुरुष जोशीको सालिक अनावरण
  • १६ घण्टापछि बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा
  • विकास साझेदारसँग अर्थमन्त्रीको छलफल, भने– ‘आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिएका छौ’
  • लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved