• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




जलवायु अनुकूलित गाउँका किसान व्यावसायिक बन्दै

Mar 25, 2023 |

जलवायु अनुकूलित गाउँका किसान व्यावसायिक बन्दै

593
SHARES
ShareTweet

इलाम– चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ ।


ADVERTISEMENT


मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका बिरुवा उत्पादन गरी बिक्री गरेको किसानको भनाइ छ । इलामको माइजोगमाई गाउँपालिकाको नामसालिङ गाउँका किसान तरकारीसहितका खेतीमा व्यावसायिक बन्न थालेका छन् । जलवायु अनुकूलन गाउँ बनाउने किसानको प्रयासमा नोरेक नर्वेको सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्रले कृषकलाई सहयोग गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


विगत वर्षहरुमा भन्दा यस वर्ष आफ्नो उत्पादनसमेत वृद्धि भएको किसान मुकेश सञ्जेलले बताउनुभयो । गएका वर्षमा भन्दा यस वर्ष उत्पादन र आम्दानी बढेको उहाँको भनाइ छ । किसानको उत्साहमा यहाँ सञ्चालित जलवायु अनुकूलन गाउँ उन्मुख योजनाले थप सहयोग गरेको छ । किसानलाई विभिन्न कृषि सामग्री अनुदान र कृषि सहकारीका सदस्यलाई गोठ सुधार र प्राङ्गारिक मल बनाउन सहयोग पुगेको संस्थाको दाबी छ ।

जलवायु अनुकूलित खेती प्रणाली प्रवद्र्धन गर्न तालिम र नवीकणीय ऊर्जा, प्रवद्र्धन गरिएको छ । गाइखुरे सहकारी संस्थाका सदस्यलाई सिँचाइका लागि स्प्रिङकल, गोठ सुधारका लागि चाहिने सामाग्री, टनेल खेतीमा चाहिने प्लाष्टिक र नेट वितरण गरिएको छ । प्लाष्टिक पोखरी निर्माण र टनेलमा तरकारी खेतीमा किसान अग्रसर भएका छन् ।


#
#

#









#




#


#


Share:

Rate:

Previousमिथिलामा चैती छठ पर्व सुरु
Nextबाँझो जग्गा सदुपयोग गर्दै ‘ओखर खेती’

ताजा खबर

  • सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना
  • दोहोरो अङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार
  • प्रतिनिधिसभामा प्रि-बजेट छलफल : बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गर्न जोड
  • संविधान र व्यवस्था विरोधी हुनै पनि गतिविधि सह्य हुँदैन : गृहमन्त्री लेखक
  • पर्यटन बोर्डमा बारपाकको फोटो प्रदर्शनी गरिने

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved