भक्तपुर– आफ्नो ठाउँ आफैंले सफा गरे मात्र आफू स्वास्थ्य हुने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन् । शनिवार चाँगुनारायण नगरपालिका वडा नम्वर १ खड्का डिल देखि मनोहरा स्कुल सम्म सर-सफाइ कार्यक्रममा उनले आफ्नो ठाउँ आफैं सफा नगरे कहिले पनि सफा नहुने बताएका हुन् ।
उनले आफ्नो ठाउँ आफैंले सफा नगर्ने हो भने आफैलाई रोगले समात्ने बताउँदै उनले हामी आफै मिले आफ्नो टोल छिमेक सफा हुनेमा जाेड दिएका छन् । टाेल र समाजमा एकताकाे भावनासमेत विकास हुने बताउँदै उनले सर-सफाइमा सहभागी हुनुपर्ने बताए ।
मनोहरा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको सरसफाइ कार्यक्रममा समुदायका विभिन्न स्थानीयहरुकाे सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य श्रेष्ठले घरबाट निक्लने फोहर व्यवस्थापनमा सबैको साथ र सहयोगको याचना गरेका थिए ।
उनले भने, ‘हामीले हाम्रो घर आँगन अनि घर सँगैको बाटो खोला, नाला र खोल्सा सफा राखे मात्रै पनि हामी स्वस्थ्थ हुन सक्ने छाैँ’, उनले भने, ‘आफूलाई स्वास्थ्य राख्न समुदाय पनि सफा राख्नु पर्छ।’