काठमाडाैँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले एकदुई दिनमै मन्त्रिपरिषद् पूर्ण हुने दाबी गरेका हुन् ।
त्यसपछि सरकारले अर्थतन्त्रको जोखिमलाई न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्ने उनले बताए । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने उनकाे भनाइ छ । ‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन, गम्भीर नै छ । तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । सरकारको तर्फबाट मैले तपाईंहरूलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ’, उनले भने ।
एकदुईभित्रै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएपछाडि एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढ्ने उनले बताए ।