• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द : करोडौँका संरचना प्रयोगविहीन

Mar 25, 2023 |

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द : करोडौँका संरचना प्रयोगविहीन

960
SHARES
ShareTweet

बैतडी – बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो ।


ADVERTISEMENT


हवाई भाडा महँगो हुँदा र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनले भने, ‘यात्रु अभावका कारण उडान हुन सकेको छैन, यात्रु नै नभएपछि हवाई सेवा बन्द भएको छ ।’ यसअघि उडान भर्दै आएको समिट एयरले अबदेखि उडान नभर्ने जनाएको छ । यात्रु अभाव हुन थालेपछि उडानका लागि गरिएको सम्झौता रद्द गरिएको भट्टको भनाइ छ ।


ADVERTISEMENT

# # #


‘दसैँ, तिहारका बेला मात्रै एकतर्फीरूपमा यात्रु पाइने र त्यसले इन्धन खर्च पनि नउठ्ने भएपछि उडान रद्द गर्न बाध्य भएका हौँ’, उनले भने । भट्टका अनुसार यात्रु पाइन छोडेपछि एक वर्षदेखि उडान बन्द भएपनि सम्झौता नै रद्द गरिएको हो । समिट एयर जहाजको अठार यात्रु क्षमता रहेको छ ।

पाटन–धनगढी हवाई यात्रा १७ मिनेटको थियो । सत्र मिनेटको हवाई यात्राका लागि रू पाँच हजार भाडा तोकिएपछि यात्रु पाइने छोडेका हुन् । सुरुमा हवाई सेवा सञ्चालन हुँदा रू तीन हजार आठ सय ५० भाडा तोकिएको थियो । समिट एयरले सम्झौता रद्द गरेपछि अब कहिले उडान हुने भन्ने अनिश्चित भएको छ ।

लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरूपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई सेवा बन्द हुँदा आकस्मिकरूपमा बिरामी भएकालाई उपचारका लागि बाहिर अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए । भाडा पनि महँगो भएकाले भाडा घटाएर नियमितरूपमा उडान सञ्चालन गरिनुपर्ने उनको भनाइ छ ।

करोडौँका संरचना प्रयोगविहीन

विसं २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल विसं २०५१ देखि बन्द भएको थियो । सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल २६ वर्षपछि पुनः २०७७ सालमा सञ्चालनमा आएको थियोे । विसं २०७७ असोज १७ गते समिट एयरले परीक्षण उडान गरेको थियो । परीक्षण उडानसँगै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षणसमेत गरेका थिए । विसं २०७७ असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा नियमित हवाई सेवा सुरु भएको थियो । विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँ बनेका करोडौँका संरचना प्रयोगविहीन बनेका छन् । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले रू ११ करोडमा विमानस्थल कालोपत्र गरेको थियो ।

विमानस्थलमा पाँच सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्गका साथै ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिएको थियो । रोयल कन्ट्रक्सनले रू चार करोड ९७ लाखमा टर्मिनल भवन निर्माण सम्पन्न गरेको छ । विसं २०७८ भदौ १ देखि टर्मिनल भवन निर्माण सुरु गरिएको थियो । विसं २०७९ माघ २९ सम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद तोकिएकामा निर्माण कम्पनीले निर्धारित समयभित्र काम सम्पन्न भएको जनाएको छ । इञ्जिनियर कविन्द्र काजी बज्राचार्यका अनुसार टर्मिनल भवनमा सिभिलअन्तर्गतका सबै संरचना पूरा भएका छन् ।

टर्मिनल भवनमा आगमन कक्ष, प्रस्थान कक्ष, टिकट काउन्टर, रेडियो कक्ष, एटिसी रुम, एयर ट्राफिक कन्टोल रूम निर्माण गरिएका जनाइएको छ । यसका साथै रनवेसम्म जाने बाटो, रनवे साइडको नाला, विमानस्थल सुरक्षा गार्ड भवन पनि निर्माण सम्पन्न भएको इञ्जिनियर बज्राचार्यको भनाइ छ । राज्यको करोडौँको लगानीमा निर्माण गरिएको विमानस्थलमा हवाई सेवा सञ्चालन नहुनु दुःखद् रहेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ । उनले भने, ‘विमानस्थल सञ्चालन नहुँदा करोडौँका संरचना बनेर प्रयोगविहीन भएका छन् । राज्य लगानी सबै खेर गएको छ, हवाई सेवा सञ्चालनका लागि सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।’

हवाई सेवा सञ्चालनमा आए यहाँको पर्यटन प्रवद्र्धन हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने स्थानीय व्यापारी चक्रबहादुर चन्दको भनाइ छ । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रमा रहेको विमानस्थल सञ्चालनमा आए पर्यटक भित्र्याउन सजिलो हुने उनले बताए । चन्दले भने, ‘भारतसँग सीमा जोडिएको जिल्ला भएकाले हवाई सेवा सञ्चालन भए यहाँ पर्यटक ल्याउन सहज हुने थियो । यसले यहाँको व्यापार व्यवसाय बढेर आर्थिक उन्नति पनि हुन्छ ।’


#
#

#









#




#


#


Share:

Rate:

Previousसुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
Nextयी हुन् कृति सेननको फिटनेस राज ?

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved