एजेन्सी– बलिउडकी अभिनेत्री कृति सेननले आफ्नो अभिनय क्षमता र लुक्सले सबैको मन जितेकी छिन्। ३२ वर्षीय कृति अन्य अभिनेत्रीको तुलनामा निकै फिट देखिन्छिन्। स्वस्थ खानाले छाला र शरीर दुवैलाई फाईदा गर्छ भन्ने विश्वास गर्ने कृति स्वस्थ र सन्तुलित खाना मात्रै खान्छिन्। उनको खास कुनै डाइट प्लान छैन तर उनी शरीरको आवश्यकता पूरा गर्ने खानेकुरा खाईरहन्छिन्।


ADVERTISEMENT


उनी बिहानको ब्रेकफास्टमा दुई वटा अन्डा, दुई पिस ब्राउन ब्रेड र ताजा जुस वा प्रोटिन सेक खान्छिन्। त्यसपछि उनी खानामा ब्राउन राईस, तरकारी वा माछा सँग चपाती खान्छिन्। त्यसपछिको खाजामा उनी मकै वा प्रोटिन सेक खान्छिन्। उनी बेलुकाको खानामा भने भात सँग चिकेन वा दाल भात तरकारी खान मन पराउछिन्।


ADVERTISEMENT

# # #


कृतिको कसरतमा भने योग देखी किकबक्सिङ र नृत्यसम्मको मिश्रण छ। कृतिलाई किकबक्सिङ मन पर्छ किनभने यसले उनको शरीरलाई फिट राख्छ र आवश्यक लचिलोपन दिन्छ।उनी आफ्नो शरीर र दिमागलाई शान्त राख्न योग र प्राणायाम पनि गर्छिन्।उनलाई पिलेट्स गर्न मन पर्छ र उनको मनपर्ने पिलेट्स ट्रेनर यास्मिन कराचीवाला हुन्।

कृतिले हप्तामा दुईदेखि तीन पटक नृत्य पनि गर्छिन्। नृत्यमा उनी ज्याज, बलिउड, समकालीन र साल्सा मिश्रण गर्न मन पराउँछिन्। आफ्नो व्यस्त समयतालिकामा पनि कृतिले फिट रहन धेरै मेहनत गर्छिन्। जिम नभएको ठाउँमा उनी दौडिन वा योग गर्न रुचाउँछिन्। उनी धेरै पानि पिउने गर्छिन् र सबैलाई पानि पिईरहन अनुरोध गर्छिन्।