• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




सञ्चारमाध्यमको समस्या सम्बोधन गर्न मधेस प्रदेश सरकारकासँग माग

Mar 28, 2023 |

सञ्चारमाध्यमको समस्या सम्बोधन गर्न मधेस प्रदेश सरकारकासँग माग

774
SHARES
ShareTweet

काठमाडाैँ– नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक सङ्घ र टेलिभिजन प्रसारक सङ्घले मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।


ADVERTISEMENT


मधेस प्रदेश सरकारका सञ्चारसम्बद्ध निकायलाई पूर्णरूपमा स्वायत र अधिकारसम्पन्न बनाउनुपर्ने, विपद्बाट आइपर्ने समस्यासँग जुध्न प्रदेश सरकारले सञ्चारमाध्यमका लागि छुट्टै विपद् व्यवस्थापन कोषको स्थापना गर्नुपर्नेलगायतका मागसहित संयुक्तरूपमा प्रदेश सरकारका मुख्यमन्त्री, अर्थमन्त्री र गृह तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, सामुदायिक रेडियो प्रसारक सङ्घ मधेस प्रदेशका अध्यक्ष मनोज यादव र टेलिभिजन प्रसारक सङ्घ मधेस प्रदेशका अध्यक्ष विष्णु कुँवरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा गत वर्ष लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरेका सञ्चारमाध्यमको बक्यौता रकमको भुक्तानी अविलम्ब उपलब्ध गराउन माग गरिएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, अर्थमन्त्री सञ्जयकुमार यादव र गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहलाई बुझाइएको ज्ञापनपत्रमा लोक कल्याणकारी विज्ञापनलाई हरेक वर्ष निरन्तरता दिनुपर्ने, हरेक आर्थिक वर्षको पहिलो महिना (साउन)देखि नै प्रकाशन तथा प्रसारणको हुने गरी व्यवस्था मिलाउनुपर्ने र सोको भुक्तानी सोही महिनाको मसान्तमा हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

गत वर्षदेखि सुरु भएको पत्रकार स्वास्थ्य बीमा योजनालाई निरन्तरता दिनुपर्ने, झन्डै दुई हजारलाई रोजगारी सिर्जना गरेको मधेस प्रदेशका सञ्चारमाध्यमको सवलीकरण तथा सशक्तीकरणका लागि विषेश योजना लागू गर्नुपर्ने, मधेश सरकारको नीति कार्यक्रमअन्र्तगत परेका विज्ञापनको अनिवार्य स्थानीयकरण गराउन विषेश पहल गर्नुपर्ने, मधेस सरकारको नीति कार्यक्रमअन्तर्गत परेका रेडियोहरूको नेटवर्किङमार्फत प्रसारणको यथाशीघ्र पहल गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousबारामा आगलगीबाट छ घर–गोठ नष्ट
Nextपुदिनाको प्रयोग : दूर्गन्धित सासदेखि ग्याष्ट्रिकसम्मको ओखती

ताजा खबर

  • सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने
  • दोहोरो अङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार
  • प्रतिनिधिसभामा प्रि-बजेट छलफल : बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गर्न जोड
  • संविधान र व्यवस्था विरोधी हुनै पनि गतिविधि सह्य हुँदैन : गृहमन्त्री लेखक
  • पर्यटन बोर्डमा बारपाकको फोटो प्रदर्शनी गरिने

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved