• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

Mar 29, 2023 |

अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

768
SHARES
ShareTweet

काठमाडाैँ– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव दिएका हुन् ।


ADVERTISEMENT


मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरे । ‘वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ’, उनले भने । जनादेशअनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरुपको काम गर्नमा दृढ रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए । बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बनेपा सहरलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले विषेशरूपमा सहयोग गर्न आवश्यक रहेको उल्लेख गरे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले काठमाडौँको वैकल्पिक सहरका रूपमा विकास हुँदै गएको बनेपा नगरपालिकालाई प्रदेश सरकारले सहरी विकास आयोजनामार्फत व्यवस्थित सहर निर्माणको काममा सहयोग गर्न माग गरेका थिए । पाँचखाल नगारपालिका प्रमुख महेश खरेल, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा र धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जूले बनेपा नगरपालिकासँग जोडिएका वडाका सिमानामा विकास आयोजनाको काम, सरसफाइ, करिडोर सडक निर्माणको काममा आवश्यक समन्वय र सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए ।

सो अवसरमा बनेपा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा क्षेत्रमा निरन्तर रुपमा १५ वर्षसम्म सेवा प्रदान गर्ने शिक्षक÷शिक्षिका र २५ वर्षसम्म अनवरतरुपमा सेवा गर्ने कर्मचारीलाई सम्मान गरेको थियो ।


#
#

#









#




#


#


Share:

Rate:

Previousमन्त्रालयको नाम हेरफेर गर्दै मधेस प्रदेश सरकार
Nextमोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु, छोरी गम्भीर घाइते

ताजा खबर

  • पर्यटन बोर्डमा बारपाकको फोटो प्रदर्शनी गरिने
  • हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर
  • शताब्दीपुरुष जोशीको सालिक अनावरण
  • १६ घण्टापछि बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा
  • विकास साझेदारसँग अर्थमन्त्रीको छलफल, भने– ‘आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिएका छौ’

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved