गोबिन्द राज ओझा (राजन)
श्रम गरी बसेको छु घर-परिवारको हेरविचार गर्नु छ
साहुको ऋण तिर्न अझै बाँकी छ,
गरिबको घरमा जन्मिए मनका रहर मनमै रहे
यो संसारमा गरिबीमा बाच्न सङ्घर्ष गरिरहे
मनबाट विचार गर्छु गरिबीमा कसरी बाँचु
साँचेका सपनाहरू गरिबीले मरिसके,
एक छाक टार्न कति गाह्रो कुरा बुँझु
यस्तै अनेक प्रश्नहरू मेरो मनमा छन्
भनूँ ! म कसरी दुःखका दिनहरू बितेका छन्
कहिले सम्म सकिन्छ गरिबीमा बाँच्न,
श्रम गरी बसेको छु घर परिवारको हेरविचार गर्नु छ
साहुको ऋण तिर्न अझै बाँकी छ ।।