काठमाडाैँ– सांसद अमरेशकुमार सिंहले सदनमै लुगा फुकाएर सरकारकाे विराेध जनाएपछि उनलाई सभामुखले लुगा लगाउन चेतावनी दिएका थिए । फुकालेकाे लुगा लगाउने वित्तिकै उनी निष्कासन हुनबाट जाेगिएका उनी सदनबाट बाहिरिए ।
उनी सदनबाट बाहिरिएसँगै हिमालय पाेष्टसँग संवाद गर्दै सांसद सिंहले आफूले पटक\पटक सभामुखसँग समय मागेता पनि समय नपाएको बताए।
कसरी अर्धनग्नपछि प्रतिनिधिसभाबाट निष्कासन हुँदाहुँदै जाेगिए अमरेशकुमार सिंह ?
‘मैले सभामुखलाई हिजाे पनि र आज पनि पहिला नै बोल्न दिनुस् भनेको थिएँ। तर मलाई बोल्न दिनुभएन । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षले दबाब दिएर बयान परिवर्तन गरेको विषयमा मैले बोल्न खोजेको थिएँ,’ उनले भने, ‘मलाई जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन। म अर्धनग्नकाे उपाय राेजे।’
अर्धनग्न भएर विरोधको परकाष्ठा देखाएकोमा आफूलाई कुनै ग्लानी भएकाे उनलेपाेष्ट संवाददातालाई बताए । अर्धवस्त्र भएको कारण जस्तोसुकै सजाय दिए पनि आफू भोग्न तयार रहेको समेत उनले उल्लेख गरेका छन् ।
फाेटाे सभार : शुशिल श्रेष्ठ