दाङ– उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि आफन्तले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घेराउ गरेका छन् । उपचारका क्रममा घोराही–८ सौरी निवास २८ वर्षकी मधु केसीको गएराति ११ बजे मृत्यु भएपछि आफन्तले प्रतिष्ठान घेराउ गरेका हुन् ।
अस्पतालका अनुसार, सुत्केरी गराउन केसी बिहिवार बिहान मात्रै अस्पताल भर्ना भएकी थिइन् । सुत्केरीपछि साल नझरेका कारण शल्यक्रिया गरिएको उनको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।
यता आफन्त भने अस्पतालको लापरवाहीका कारण सुत्केरीले ज्यान गुमाएको भन्दै यतिबेला क्षतिपूर्तिको मागसहित अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्।