काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्माले नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नरहेको र यसले जनतामा उत्साह तथा उमंग ल्याउन नसकेको भन्दे उनले पुनर्लेखनको माग गरे । आजको आवश्यकता रहेको तमाम समस्या समाधनमा सरकार चुकेको बताउँदै उनले भने, ‘यो सरकारसंग समस्या समाधान गर्ने इच्छाशक्ति नभएको प्रस्तुत नीति तथा कार्यक्रमले पुष्टि गर्छ ।’ नीति तथा कार्यक्रममा ‘मिशन’ नभएको र त्यसका लागि कुनै आयाजनाहरुसमेत प्रस्ताव नभएको उनको आरोप छ ।
गौरवका आयोजनाहरु रुपान्तारिक र रणनीतिक महत्वका आयोजनाहरु पुर्णशक्ति र तीव्र गतिका साथ सम्पन्न गर्न यो सरकारसंग कुनै प्रस्ताव नभएको उनको राय छ । ‘प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् ।
‘म सभामुख महोदयमार्फत आग्रह गर्न चाहान्छु सम्मनीय प्रधानमन्त्रीलाईज्यूलाई यो प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् । पुनर्लेखन गर्नुस्’, उनले भने, ‘नीतिा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ या सरकारमा नभएकाले अप्ठ्यारो पार्छ भन्ने हो भने यो पुनर्लेखन गर्ने छुट हामी दिन तयार छौँ’, उनले भने ।