काठमाठौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


मंगलबार ललितपुरमा नेकपा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले न्यायपरिषद्मा ६५ विर्षभन्दा माथिलाई नियुक्त गर्न नपाउने व्यवस्था रहे पनि ७१ र ७७ वर्षका मान्छेलाई नियुक्त गरेको आरोप लगाएका हुन् । उनले यस विषयमा संविधान र कानूनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको र डेढ बर्षसम्म प्रतिपक्षीसंग संवाद पनि नगरेको भन्दै अहंकार र घमण्डले देश नचल्ने जिकिर गरे । वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको उनको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले मुलुकमा आर्थिक लगाएत बिभिन्न समस्या देखिए पनि सरकार बेखवर जस्तै देखिएको तर्क गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्उमान्यताविपरितको काम गरे कारवाही गर्न अग्रसर हुने बताए । ओलीले एमालेमाथि सवैतिरबाट तीव्र हमला गरेर सिद्धाउन खोजेपनि पार्टीलाई अझ सशक्त रुपमा अघि बढाउने पनि बताए ।

उनले पार्टी ध्वस्त पार्ने, पार्टी नेतृत्वप्रति अनास्था गर्ने काम भएपनि पार्टीलाई शुद्धिकरण गर्ने मौका पाएको र शुद्धिकरण कारण पार्टीलाई छोटो समयमा नै मजबुद अवस्थामा पुराएको दाबी गरे ।