• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ सुरु

May 27, 2023 |

पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ सुरु

629
SHARES
ShareTweet

काठमाडाैँ– ‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ । अभियानको पहिलो दिन आज पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ ।


ADVERTISEMENT


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गणतन्त्र स्मारक व्यवस्थान तथा सञ्चालन विकास समिति, काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, पर्यटन विभाग, पर्यटन प्रहरी कार्यालय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल प्रहरी श्रीमती सङ्घ, पशुपति सेवा विकास संस्था, नेकपा (माओवादी केन्द्र) महानगर कमिटी र रोटरी क्लबलगायत सङ्घसंस्था आ–आफ्नो ब्यानरसहित आज सरसफाइमा सहभागी भएका थिए ।


ADVERTISEMENT

# # #


सरसफाई बिहान ८ देखि १० बजेसम्म सञ्चालन गरिएको थियो । पशुपति क्षेत्रमा आज सरसफाइ गर्नुका साथै वृक्षरोपण पनि गरिएको थियो । सो अवसरमा पर्यटनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्रमा ७२ फिटको राष्ट्रिय झन्डाको शिल्यान्यास गरे ।

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले नेपालको संस्कृति र सम्पदालाई जीवन्त जोगाइराख्नका लागि हरेक हप्ता पशुपति क्षेत्रमा सरसफाइ गर्न जरुरी रहेको बताए । पशुपति क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउनुपर्ने उनको भनाइ थियो ।


#
#

#









#




#


#


Share:

Rate:

Previousप्रेस युनियनको ३२औँ स्थापना दिवस मनाइँदै
Nextनेपालगञ्जका अस्पतालमा रगतको अभाव

ताजा खबर

  • पर्यटन बोर्डमा बारपाकको फोटो प्रदर्शनी गरिने
  • हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर
  • शताब्दीपुरुष जोशीको सालिक अनावरण
  • १६ घण्टापछि बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा
  • विकास साझेदारसँग अर्थमन्त्रीको छलफल, भने– ‘आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिएका छौ’

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved