काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले संसदीय  सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ ।


ADVERTISEMENT


समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी मनोनित भएका छन् ।  नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की मनोनित भएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा, जसपाबाट प्रकाश अधिकारीले समितिमा प्रतिनिधित्व गर्ने भएका छन् ।

संसदीय सुनुवाई समितिमा रहने सांसदहरूको नामावलीमाथि प्रतिनिधिसभाको आजको बैठकले बहुमतले सहमति जनाएको हो । यसअघि १५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेबाट देवेन्द्र दाहाल, माओवादीबाट जगप्रसादश शर्मा गत वैशाख १३ गते नै मनोनीत भइसकेका छन्।

आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गरेको थियो । सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाई समितिमा सांसदहरु मनोनित भएका हुन् ।