काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पद धरापमा परेपनि पार्टी सुधारको अभियानलाई अघि बढाएरै छाड्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार ललितपुरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नंवर २ को प्रथम क्षेत्रिय सम्मेलनमा बोल्दै थापाले पार्टी नेतृत्वको गलत कदमले पार्टीप्रति जनताको विश्वास कम हुदै गएको भन्दै पद धरापमा परेपनि पार्टी सुधारको अभियानलाई अघि बढाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि पार्टीको बैठकमा फरक मत राख्दा पनि बहुमतले गरिएको निर्णयमा मानेको भन्दै अव त्यसो नहुने उनले बताए । महामन्त्री थापाले चुनावअगाडि नै गठबन्धन गर्दा पार्टी कमजोर बनेकाले कांग्रेसले गरेको गल्तीलाई स्वीकार गरेर जनतासंग माफी माग्दै चुनावअगाडि कहिल्यै पनि तालमेल नगर्ने प्रतिवद्धता जनाउनुपर्ने धारणा राखे ।

त्यस्तै उनले प्रमुख तीन दलका शीर्ष नेताले सदनमा सांसदले बोलेका कुुरा रेकर्डबाट हटाउने सहमति गर्नुले संसदको अधिकारमाथि हनन भएको तर्क राखे । एमाले र माओवादीको लहलहैमा लागेर कांग्रेसले यस बिषयमा सहमति जनाउनु उचित नभएको उनको भनाई छ ।