काठमाडौं – नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए । केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
























