काठमाडौँ – विशेष अदालतले भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ जनालाई दोषी ठहर गरेको छ । दोषी ठहर हुनेमा शर्माहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्व महत र सदस्य उमेशप्रसाद ढकाल रहेका छन् ।


ADVERTISEMENT


उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेको १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही मुद्दामा बिहीबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले दोषी ठहर गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुले कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको ठहर गरे पनि सजाय भने जेठ २५ गतेको तोक्ने जनाएको छ । अदालतले उनीहरुलाई गैरकानुनी सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ ।

२०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले गठन गरेको कर फर्छ्यौट आयोगमा महत अत्यक्ष, ढकाल सदस्य र शर्मा सदस्यसचिव रहेका थिए । उक्त आयोगले ३० अर्ब ५२ करोड रुपैयाँ बक्यौता करलाई फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयका कारण राज्यले २१ अर्ब रुपैयाँ नोक्सान भएको थियो ।