काठमाडौँ– सरकारको प्रतीपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गर्ने भएपछि प्रतिनिधि सभा बैठकमा ढिलाई भएको छ । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै प्रतीपक्षी दलहरुले सरकारसंग जवाफ माग्ने भएको छ ।


ADVERTISEMENT


बजेट निर्माणमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ घुसाएको भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए। यससम्बन्धि दलहरुले अवरोध गर्ने बताएपछि बैठक सुरू नभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।


ADVERTISEMENT

# # #


बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको थियो । दिउँसो १ बज्न लाग्दासमेत बैठक सुरु नभएपछि नियमति कार्यसूची सुचारुका लागि सभामुखले दलका सचेतकहरुसंग छलफल गरिरहको अधिकारीले बताए । मंगलबारको बैठकमा बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची छ ।