काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतिघरमा धर्नामा बसेका स्थानीयलाई छलफलका लागि सिंहदरबार आउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


बुधबार धर्नास्थल माइतीघर पुगेर श्रेष्ठले आन्दोलनरत पक्षले राखेका विषयहरुमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् । उनले सिर्सिया नदीलाई स्वच्छ राख्नुपर्ने विषयलाई सम्बोधन गर्न तत्कालिक र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताए । उनले सिर्सियाबासीको समस्या राज्यको पनि समस्या भएकाले सरोकारवाला मन्त्रालयहरुसंग पनि छलफल गरिने प्रतिवद्धता जनाए ।


ADVERTISEMENT

# # #


कलकारखानाबाट निस्किएको फोहर सिँधै मिसाइँदै नदीमा प्रदूषण बढेको भन्दै उनीहरुले काठमाडौंमा धर्ना दिदै आएका छन् । उनीहरुले सिर्सिया नदीको पानी भरिएको बोतल गृहमन्त्रीलाई देखाएका छन् ।

त्यस्तै बुधबार नै गृहमन्त्री श्रेष्ठले माइतीघरमा सहकारी पीडितको आन्दोलनमा पुगेर यस विषयको समाधान खोज्ने प्रतिवद्धता जनाए । उनले सहकारीका बचतकर्तामाथि न्याय हुने गरी सरकारले उपयुक्त कदम चाल्ने आश्वासन दिए ।

मन्त्री श्रेष्ठले सहकारीका बचतकर्ताहरुको समस्याका बारेमा सरकार जानकार रहेको र समाधानका लािग समिति गठन गरिसकेको भन्दै पीडितको समस्या समाधान हुने जिकिर गरे ।