काठमाडौँ – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले बोलाए आफु र केही नेताहरु एमालेमा एकीकृत हुन जाने बताएका छन् ।


ADVERTISEMENT


बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसंग एकीकृत हुन जाने बताएका हुन् । उनले यसअघि आफुलाई नै रोक्नका लागि ७० बर्षे उमेरहद ल्याएको तर्क गरे। ७० वर्षे उमेरहद नहटाए एमालेमा अनुभव व्यक्तिहरु बाहिरिनुपर्ने अवस्था आउने उनले बताए ।


ADVERTISEMENT

# # #


गौतमले आफु छाडेको कहिल्यैपनि नभनेको र पार्टी सदस्यता अहिले पनि एमालेमै रहेको उल्लेख गरे । उनले नेकपा एमाले आफुसंग नभएकाले पार्टी भएकाले नै पार्टीले नै औपचारिक रुपमा बोलाउनुपर्ने धारणा राखे । आफू एमालेमा अध्यक्ष, महासचिव र कसैको भाग खोस्न नजाने र अनुभाव बाड्न जाने उनको भनाई छ ।

गौतमले आफुबाट एमालेले कुनै नोक्सान नव्यहोर्ने र आफुले काम गर्ने क्षेत्र भने तोक्नुपर्ने बताए ।