काठमाडौँ– एन आई सी एशिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच डिबेन्चरसम्बन्धी सम्झौता भएको छ ।
प्रति ऋणपत्र हजार रुपैयाँ अंकित मूल्यको १० लाख कित्ताले हुन आउने १ अर्ब बराबरको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर, २०८९’ को रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सोमबार दुई पक्षिय सम्झौता सम्पन्न भएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले बताए । सम्झौतासंगै अबदेखि उक्त डिबेन्चरसम्बन्धि सम्पूर्ण रजिष्ट्रार सेवाहरु एन आई सी एशिया क्यापिटलबाटै हुने भएको छ ।
जसअनुसार, सेवाग्राही तथा रजिष्ट्रार सेवाअन्तर्गतका बाँडफाँडमा ऋणपत्र पर्न सफल भएका लगानीकर्ताहरुको ऋणपत्र सम्बन्धित ऋणपत्र धनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको ऋणपत्रहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, ऋणपत्रधनीहरुको लगत अध्यावधिक गरि राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु थापाथली ट्रेड टावर नेपालस्थित क्यापिटलबाटै हुनेछ ।