काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ते-क्युङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय महाराजगञ्जमा भएको भेटका क्रममा नेपाल र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।


ADVERTISEMENT

#


राष्ट्रपति कार्यालयका अनुसार भेटमा दुई देशबीचको आपसी हित, पारस्परिक सहयोग तथा साझा चासोका विषयहरूमा विचार आदानप्रदान भएको थियो।