काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जित्दै सुदूरपश्चिम रोएल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो।


ADVERTISEMENT

#


यस खेलका लागि कर्णालीले आफ्नो टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ। जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङले पहिलो रोजाइमा स्थान पाएका छन्।

यस्तै, सुदूरपश्चिमले पनि एक खेलाडी परिवर्तन गरेको छ। शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायकेले प्लेइङ–११ मा मौका पाएका छन्।


ADVERTISEMENT

#
#