काठमाडौँ– प्रभु क्यापिटलका डिम्याट खाताहोल्डरले टोटल फिजिकल फिटनेश सेन्टरमा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच भएको सम्झौताअनुरुप क्यापिटलका ग्राहकले फिटनेशका सेवामा विशेष छुट पाउने भएका हुन् ।


ADVERTISEMENT


बुधवार यी दुई संस्थाबीच भएको सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र फिटनेशको तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका छन् । यससंगै क्यापिटलका ग्राहकले फिटनेशका सेवा २८ प्रतिशतसम्म छुट पाउनेछन् ।


ADVERTISEMENT

# # #


योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर फिटनेशलाई उपलब्ध गराउनु पर्ने क्यापिटलले जनाएको छ । यो अफरको लाभ ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्षसम्म लिन सक्नेछन् ।