काठमाडौँ– प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजीव मानन्धर नियूक्त भएका छन् ।


ADVERTISEMENT


शुक्रवार बसेको सञ्चालक समितिको बैठकले उनलाई नव सीईओको रुपमा नियुक्त गरेको हो । यससंगै मानन्धरले आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्् ।


ADVERTISEMENT

# # #


स्थापनाकालदेखि नै प्राइममा निरन्तर महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि सोही बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव संगालेका उनी तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर शुरु गरेका थिए ।

चार्टर्ड एकाउण्टेण्ट मानन्धरले यसअघि राष्ट्रिय वाणिज्य बैंकमा विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य समेत गरेका छन् ।