काठमाडौँ– गैरीगाउँस्थित भएको घटना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले सीसीटिभी फुटेजको आधारमा थप एक जनालाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


उनी रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ । पक्राउ व्यक्ति नै हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


शुक्रवार राति काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँमा चारजनाको शव एकैठाउँमा फेला पारेको थियो । तीमध्ये तीन जना एकै परिवारका भएको अनुसन्धानबाट खुलेको छ ।

हत्या हुनेहरुमध्ये दिव्य समिलका सुरक्षागार्ड कुमार भुजेल, कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राई रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुको टाउको लगायतका भागमा धारिलो हतियार प्रहार भइको पाइएको छ ।

यससम्बन्धमा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।