काठमाडौँ – एशिया कप क्रिकेटको उपाधिका लागि आज आयोजक श्रीलङ्का र भारत भिड्दैछन् । श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदशा क्रिकेट मैदानमा श्रीलङ्काले भारतलाई पहिले बलिङ गर्ने निम्तो दिएको हो ।


ADVERTISEMENT


६ राष्ट्र सहभागी भएको एशिया कपमा भारत र श्रीलङ्कासहित पाकिस्तान र बंगलादेश सुपर फोरमा पुगेका थिए । सुपर फोरमा उत्कृष्ट बनेका भारत र श्रीलङ्का फाइनल पुग्दै उपाधिका लागि भिड्दैछन् ।


ADVERTISEMENT

# # #


सुपरसिक्समा भारत र श्रीलङ्काले ३ मध्ये २ खेल जितेर फाइनल पुगेका हुन् । सुपरसिक्समा भारत बंगलादेशसँग पराजित भएको थियो भने श्रीलङ्कालाई हराएको थियो । सकारात्मक मनोबलसहित आसन्न एकदिवसीय क्रिकेट विश्वकपको यात्रा सुरु गर्नका लागि दुबै टोली उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।