काठमाडाैँ – नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वको चयन भएको छ ।


ADVERTISEMENT


अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएपनि अन्य पदका लागि भएको निर्वाचनले एक सचिव र १० केन्द्रीय सदस्य  चुनेको हो । सचिवमा पारस खड्काले जित हासिल गर्दा उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्ल ११ मतले पराजित भए ।


ADVERTISEMENT

# # #


केन्द्रीय सदस्यमा महिलातर्फ एक मात्रै उम्मेद्वारी परेपछि जयन्तीदेवी भट्ट निर्विरोध भइन् । यसै गरी, लुम्बिनीबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए ।

बाँकी प्रदेशमा कोशीबाट अर्जुन पौडेलले सुनिल कुमार पौडेललाई १३ मतले पछि पार्दै जित हात पारे भने मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको छ । उनीहरूले ४२/४२ भोट ल्याएका हुन् ।  उनीहरूमध्ये गोला प्रथाबाट कर्माचार्य विजयी भए ।

त्यस्तै बाग्मतीबाट दिवाकर घले निर्वाचित भएका छन् । उनले ४६ भोट ल्याउँदा प्रतिस्पर्धी सुदीप पिया ३६ मा रोकिए । गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत मात्र ल्याए ।

सुदूरपश्चिममा विक्रम विष्ट २९ मतका साथ विजयी भएका छन् । प्रतिस्पर्धी हरि रेग्मीले ३१ मत ल्याए । खुल्ला ५ केन्द्रीय सदस्यमा धिरेन्द्र साउद, दुर्गाराज पाठक, आयुष श्रेष्ठ, विरेन्द्र बहादुर चन्द विजयी भएका छन् । साउदले ५९ र पाठकले ५४ मत ल्याए भने आयुषले ५१ र चन्दले ३४ मत ल्याएका छन् ।

पाचौँमा करण महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६/२६ मत आएको छ । उनीहरूमध्ये गोला प्रथाबाट करणलाई विजयी घोषित गरिएको छ ।