काठमाडौँ – ललितपुरको जावलाखेलमा यही असोज १० गतेदेखि जुत्ता तथा चप्पल मेला आयोजना हुने भएको छ । नेपाली जुत्ता चप्प्ल उत्पादक समूहले आउँदै गरेको दशैँ, तिहार र छठलाई लक्षित गर्दै मेला आयोजना गर्न लागेको हो ।
‘नेपाली उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु हुने उक्त असोज १० देखि मेला कार्तिक ३ गतेसम्म जावलाखेलको खेल मैदानमा आयोजना हुनेछ । आयोजकका अनुसार मेलामा नयाँ डिजाइनका जुत्ता चप्पल आकर्याक मूल्यमा उपलब्ध हुनेछन् । उक्त मेला बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने छ ।
मेलामा रोयल सुज, वेश फुटवयरका उत्पादन, लालिगुराँस फुटवयर, शुभकामना फुटवयर, नमस्ते फुटवेयर, एटीएम सुज, कोशेली छाला जुत्ता उद्योग लगायतका विभिन्न ११ वटा कम्पनीका विभिन्न मोडल र डिजाइनका जुत्ता तथा चप्पल पाइनेछन् ।
यस्तै मेलामा ३ हजार भन्दा बढी मोडल र डिजाइनका नेपाली र गुणस्तरीय उत्पादनका जुत्ताहरु पाइने आयोजकले दाबी गरेको छ । ग्राहकका लागि २० देखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको जनाइएको छ । निःशुल्क प्रवेश गराइने उक्त मेलामा ३ लाख भन्दा बढी व्यक्तिले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।