काठमाडौँ — कतारको दोहाबाट काठमाडौँ आएको कतार एअरको जहाजले ‘ओभरसुट’ गरेको छ ।


ADVERTISEMENT


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।


ADVERTISEMENT

# # #


विमानस्थल कार्यालयका अनुसार कतार एअरको जहाज ‘अनस्टेवलएप्रोज’ भएकाले ओभरसुट गरिएको हो । ‘जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ (एप्रोजप्रोफाइल) नमिलेर, जहाज हाई अल्टिच्युड भएर आउँदा पनि यस्तो हुन्छ,’ विमानस्थलका एक उच्च अधिकारीले भने ।

यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ ।

सिमरामाथिको आकाशबाट काठमाडौं विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।