कैलाली – धनगढी उपमहानगरपालिका १३ श्रीलंका शिविरबाट एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा २८ वर्षीय सरोज धानुकले हतियारको कारोबार गरिरहेको जानकारी पाएपछि प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।
धानुकको साथबाट कटुवा पेस्तोल १ थान र गोली ४ राउण्ड फेला पारेको डिएसपी चन्दले बताए ।
प्रहरीले धानुकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको बताइएको छ।