काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको पावन अवसरमा मिति २०८३/०७/२२ गते लोयल्टी बोनस सहितको नयाँ ‘ आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।
बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने यस योजनाले बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनस मार्फत थप लाभ प्रदान गर्नेछ । यस योजना अन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त हुनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा नियमानुसार बीमाङ्क रकम तथा बोनस र लोयल्टी बोनस भुक्तानी गरिनेछ ।
योजनाका प्रमुख विशेषताहरूमा सहज बीमाशुल्क भुक्तानी, बोनस तथा लोयल्टी बोनसको लाभ, बीमालेख धितोमा कर्जा सुविधा, प्रचलित कानुन अनुसार कर छुट तथा आकर्षक परिपक्वता लाभ रहेका छन् ।
यो योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले खरिद गर्न सक्नेछन् । बीमा अवधि १० देखि २५ वर्षसम्म रहनेछ भने न्यूनतम बीमाङ्क रकम रु. २५,००० हुनेछ । साथै, पूरक करार सुविधा अन्र्तगत दुर्घटना मृत्यु लाभ, बीमाशुल्क मिनाहा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी तथा काजक्रिया खर्च जस्ता थप सुविधा समेत उपलब्ध हुनेछन् ।
योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले बीमितलाई दीर्घकालीन बचत र जीवन सुरक्षा सँगै थप लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए । उनले बीमालेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्दै बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न यस योजनाले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
कम्पनीले यस योजना मार्फत ग्राहकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्दै जीवन बीमाको पहुँच विस्तार र बीमा क्षेत्रको दिगो विकासमा योगदान पुग्ने विश्वास लिएको छ ।
थप जानकारीका लागि नजिकैको आइएमई लाइफ शाखा कार्यालय, बीमा अभिकर्ता वा कम्पनीको आधिकारिक वेबसाइट मार्फत सम्पर्क गर्न सकिनेछ ।



























