काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बैँकिङ अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैँकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोवाइल बैँकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको छ ।


ADVERTISEMENT


डिजिटल बैँकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैँकिङ एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्यउपयोगी सेवाहरु समेत थप गरेको छ । बैँकका अनुसार अब ग्राहकहरुले मोवाइल बैँकिङ एप मार्फत नै मुद्दति खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सिमा हेर्ने जस्ता सुविधाहरु थप गरेको छ ।


ADVERTISEMENT

# # #


बैंकले आफ्ना विशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैँकिङ्ग सेवा समेत सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैँकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैँकिङ एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैँकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झण्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैँकको भनाई छ ।

सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ यूआई (प्रयोगकर्ता इन्टरफेस) मा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउँछ । लगइन मेनु पनि पुनस् संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, ईएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको बैँकले जनाएको छ ।

बैँकका अनुसार लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएको छ र साथै नेपालपे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।