नन्दी केशर पौड्याल
चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचल तथा प्रथाहरू हुन् ।
परिवारको सुख समृद्धि, विद्या–बुद्धि र सम्पत्ति लगायतका भौतिक प्राप्ति तथा आध्यात्मिक शान्तिको कामना गर्दै चाडपर्वसँग सम्बन्धित देवीदेवताको आराधना गर्ने परम्परा रहेको छ । जीवनरूपी उकालीओरालीको बिचमा आउने चौतारी हुन् चाडपर्व । उकाली चढ्दा वा ओराली झर्दा लागेको थकाइ मेट्न चौतारी सहायक भएजस्तै मानिसको व्यस्तताबीच आउने चाडपर्वले चौतारीकै काम गर्छन् ।
चाडपर्वका अवसरमा घरका सदस्य वा आफन्त एकै ठाउँमा भेला हुने खानपान, मनोरञ्जन गर्दै सुखदुःख बाँड्ने चलन छ । वर्ष दिनसम्म टाढा रहे पनि दशैँमा घर जाने बाबुआमा वा मान्यजनको आशीर्वाद थाप्नेजस्ता कार्य नेपालीहरूको वर्षौँदेखिको परम्परा हो चाडपर्वको रमझमले खुसियाली र उमङ्ग लिएर आउँछ । यसको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ ।
चाडपर्वको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशाषित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।दशैँ हाम्रो परम्परागत पर्व हो ।
यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउँछ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दशैँ । विदेशिएका धेरै नेपालीहरू दशैँको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् । नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैँले बढ्दै गएको जेनेरेशन ग्यापलाई समेत कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । यसले आपसी रिस, राग पूर्वाग्रह हटाउँछ ।
चाडपर्वको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशाषित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।दशैँ हाम्रो परम्परागत पर्व हो ।यस पर्वमा शक्ति को पुजा आराधना गर्ने गरिन्छ । यस पर्ब मा देविका बिभिन्न स्वरूपहरूको रूपमा पुजा आराधना गर्ने गरिन्छ र स्वरूप अनुसार वलि दिने चलन छ।धेरैले बलिको बिरोध गरेको देखिन्छ तर ति बिरोध गर्नेहरू परम्परा धान्न भन्दा मास्न लागी परेको पनि हुन सक्छन् । यदि नहुदो हो त सृष्टि को चक्र कसरी पुरा हुन्छ ।
पशु हिसांको बिरोध गर्नेहरू शाकाहारी वा पर्व बिरोधी हुनुपर्छ । शाकाहारी हुनु स्वास्थ्य बिग्यानका हिसाबले राम्रो हो। तर यो धर्तीमा रहेका हरेक चिज जीबकै रूपमा उत्पत्ति भएका हुन् । सृष्टि पनि भगवान ले गर्ने र धारण पनि उनै भगवानले गर्ने हुन । सृष्टि चक्र पुरा गर्न एक जीबले अर्को जीब खानै पर्छ । नेपाली हरू दुखी होलान् तर खुशी छन् । किनभने बर्षभरि आउने बिभिन्न बिशेषता बोकेका चाडपर्व हरुले खुशी गराएको हुन्छ ।
चाडपर्व सेतु हो जसरी हाम्रा बिभिन्न अंगलाई जोर्नी हरूमा जोडीएको हुन्छ त्यसैगरी पर्बहरूले हाम्रा समयलाई जोड्ने काम गर्दछ। केवल समय मात्र नजोडेर नाता सम्बन्ध, ईष्टमित्र,बन्धुबान्धव,भाईचारा आदि जोड्ने गर्दछ। दसैँलाई अहंकार तोड्ने पर्वको रूपमा पनी लिने गरिन्छ ।
सानाले ठूला बाट आशिस लिने र ठुलाले दिने चलन छ । महिलालाई टीका लगाउँदा आशिष दिने भन्दा पनि भगवतीका बिभिन्न रूपमा नै तिमी हौ भनि शक्तिका रूपमा महिलालाई चित्रण गरिन्छ। पुरुषहरू लाई मात्र ठुलाले आशिस दिन्छन् ।
जीवनरुपि वृक्षमा कर्मका जराहरु झन मजबुत बनुन्,सफलताका हाँगाहरु थपिरहुन्,सन्तोषका पातहरु पलाईरहुन,खुसिका फुलहरु फुलिरहुन् सम्वृद्दिका फलहरु लागिरहुन्। – सबै -सबैमा बिजयादशमी (दशैँ) २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । –नन्दी केशर पौड्याल