काठमाडौं – पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफुहरुले जितलाई प्राथमिकता दिएर खेल प्रदर्शन गरेको बताए ।

पोखराबिरुद्धको खेलमा ह्याट्रिक सहित ६ विकेट लिएका लामिछानेले टीमलाई महत्वपूर्ण २ अंक प्राप्त गर्नका लागि जितलाई प्राथमिकता दिएर खेल प्रदर्शन गरेको बताएका हुन् । उनले आफ्नो लागि व्यक्तिगत कीर्तिमानी भन्दा टीमको जित निकै महत्वपूर्ण रहेको उल्लेख गरे । ह्याट्रिक बलिङ गर्दा आफूलाई त्यसबारे सुरुमा पत्तो नभएको र टीमका साथीहरुले आएर भनेपछि मात्रै थाहा पाएको उनको भनाइ छ ।


ADVERTISEMENT

#


कति विकेट लियो भन्दा पनि कुन परिस्थितिमा र कस्तो समयमा बलिङ गरियो भन्ने कुरा महत्त्वपूर्ण हुने उनले बताए । खेलमा अन्य बलरहरूले अर्को इन्डबाट दबाब सिर्जना गरिदिएका कारण आफूलाई बलिङ गर्न निकै सहज भएको र यो एक उत्कृष्ट “टिम गेम“ को उदाहरण बनेको लामिछानेको भनाइ छ ।