काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा बिहीबार मकवानपुरको हेटौँडामा हुँदै छ ।
विशेष साधारण सभा हेटौँडा- ४ स्थित एक पार्टी प्यालेसमा हुने छ ।
उक्त साधारण सभामा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले आफू विरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईमाथि बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।