राहुल गुप्ता, बारा – बारामा हतियारसहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले भगवानपुरका उपेन्द्र पटेलसहित ५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उपेन्द्रकोको घरमा छापा मार्दा ७ थान रिभल्वर, १ थान नलकटुवा पेस्तोल र २ राउण्ड गोली समेत बरामद गरेको छ । हतियार लुकाएको आरोपमा पक्राउ पर्नेमा पटेलका ६२ वर्षिय बाबू रूपलाल पटेल, उनका भाइ धिरेन्द्र पटेल, रौतहट बौधिमाई नगरपालिका वडा नम्बर २ बस्ने राजमंगल पटेल र ८० वर्षिय शोभा राउत रहेका छन।
प्रहरीले हतियार कसको र के प्रयोजनका लागि लुकाइएको हो भनेर अनुसन्धान भइरहेको जनाएको छ।