काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन् ।

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

#


नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

यसअघि उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट उनीहरूलाई नियुक्त गरिएको हो ।


ADVERTISEMENT

#
#