काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको मुख थुनेर सत्ता नटिक्ने टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएर सत्ता टिकाउने  सपना नदेख्न प्रधानमन्त्रीलाई चेतावनी दिए ।


ADVERTISEMENT

# # #


सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयमा प्रधानमन्त्रीलाई संकेत गर्दै उनले भने, ‘उनले टिकटक बन्द  गर्छन अहिले मान्छे मुख बन्द गर्लान् जस्तो बोल्लास् भनेर । यस्तो बुद्धिले हुन्छ त ? फेसबुक बन्द गरेर लेख्न नदिएर यो त निरङ्कुश व्यवस्थाको चरित्र हो । यसरी हुँदैन सत्ता पनि डगमगाएको जस्तो जनताको मन जितेर पो सत्ता टिक्छ मानिसको मुख बन्द गरेर सत्ता टिक्छ त? जनतालाई असन्तुष्ट बनाउने अनि सत्ता टिकाउँछु भनेर हुन्छ ?’

महासचिव विप्लवले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे ।