काठमाडौँ – आगामी जनवरीदेखि श्रीलङ्कामा हुने भनिएको आईसीसी यू–१९ क्रिकेट विश्वकपको आयोजक परिवर्तन भएको छ । क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोड बैठकले मंगलबार यू–१९ विश्वकप आयोजना गर्ने श्रीलङ्काको अधिकार खोस्दै दक्षिण अफ्रिकामा सारेको हो ।
आईसीसीले केही साताअघि मात्रै क्रिकेटमा सरकारको हस्तक्षेप भएको भन्दै श्रीलङ्काको क्रिकेट बोर्डलाई निलम्बन गरेको थियो । उक्त निलम्बन तत्काल फकुवा नहुने र क्रिकेट बोर्डको निलम्बनको समयमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न असहज हुने भएकाले आईसीसीले यू–१९ विश्वकप आयोजनाको अधिकार दक्षिण अफ्रिकालाई दिएको हो ।
यू–१९ विश्वकपमा १६ युवा टोलीले सहभागिता जनाउँदैछन् । यस संस्करणको विश्वकपमा आईसीसीका ११ पूर्ण सदस्य राष्ट्रहरु प्रत्यक्ष छनोट भएका थिए । बाँकी रहेका ५ स्थानका लागि क्षेत्रीय छनोट प्रतियोगिता भएको थियो । यसपटकको यू–१९ क्रिकेट विश्वकपमा नेपाल पनि सहभागी हुनेछ । एशिया क्षेत्रबाट युएईलाई हराउँदै नेपाल ७ वर्षपछि यू–१९ विश्वकपमा छनोट भएको थियो ।
विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । जहाँ नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड समेत रहेका छन् । यस्तै अफ्रिका क्षेत्रबाट नामिबिया, एशिया प्यासिफिकबाट न्यूजिल्यान्ड, युरोपबाट स्कटल्याण्ड र उत्तर अमेरिकाबाट संयुक्त राज्य अमेरिका छनोट भएका छन् ।
समूह एः भारत, बंगलादेश, आयरल्याण्ड, अमेरिका
समूह बीः इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज, स्कटल्याण्ड।
समूह सीः अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्वे, नामिबिया।
समूह डीः अफगानिस्तान, पाकिस्तान, न्यूजिल्याण्ड, नेपाल
पक्षहरू प्रत्यक्ष रूपमा छनोट भएका छन्, र पाँच टोलीहरू ( ( ले क्षेत्रीय योग्यता घटनाहरू मार्फत आफ्नो स्थान कमाएको छ।
यस्तै आईसीसीले श्रीलङ्काको क्रिकेट टोलीलाई खेल्नका लागि भने फुकुवा गरेको छ । यससँगै श्रीलङ्कामा कुनै पनि द्विपक्षीय र घरेलु शृंखला आयोजना हुनसक्नेछन् । तर, आईसीसीले श्रीलङ्काको क्रिकेट बोर्डलाई प्रदान गर्दै आएको बजेट भने निलम्बन फकुवा नभएसम्म नियन्त्रित हुनेछ ।